दफा २१०
पछिल्लो पत्नी वा सन्तानले पति वा बाबुको भागबाट अंश पाउने

(१) कुनै व्यक्तिले पत्नी, छोरा छोरीसँग अंशबण्डा गरी भिन्न भएपछि वा त्यसरी भिन्न भएकोसँग आफ्नो अंशमिलाईसँगैबसेको अवस्थामा अर्को विवाह गरेमा वा त्यसरी विवाह गरेकी पत्नीबाट छोरा छोरी जन्मिएमा त्यस्ता पत्नी वाछोरा, छोरीले पति वा बाबुको अंश भागबाट मात्र अंश पाउनेछन्।
(२) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पत्नी जीवित हुने कुनै व्यक्तिले अंश नहुँदै अर्को विवाहगरेमा अन्य अंशियारको अंश भाग छुट्याई आपूmले पाउने अंश भागबाट त्यसरी विवाह गर्ने महिलालाई अंश दिनु पर्नेछ ।